बलात्कार आरोप लागेका इन्सपेक्टर शिवाकोटी पुर्पक्षका लागि थुनामा

बलात्कार आरोप लागेका इन्सपेक्टर शिवाकोटी पुर्पक्षका लागि थुनामा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।

बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो ।