धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला



धनुषा । धनुषाको सबैला नगरपालिका वडा नम्बर ६ गोविन्दपुरमा भग्नावशेष अवस्थामा रहेको मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् ।

पुरातत्त्व विभागका पुरातत्त्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन शुरु गरेको हो । उत्खनन गरिएको ठाउँमा भेटिएको सिक्का र पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको पुरातत्त्वविद् प्रकाश दर्नालले जानकारी दिए ।

पुरातत्त्व विभागले उत्खनन गरिरहेको ठाउँमा रहेको भनिएको मठेश्वरनाथ मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख छ । पुरातत्त्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताए ।