अदालतभित्र प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न माग

अदालतभित्र प्रहरीलाई थप्पड हान्ने वकिललाई कारबाही गर्न माग


ग्लोब नेपाल
1k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि हातपात गर्ने वकिललाई कारबाही गर्न कर्मचारीले माग गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएका कर्मचारीले कारबाहीको लागि संयुक्त ध्यानाकर्षण गराएका हुन् । केही दिनअघि अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवानलाई थप्पड हानेको आरोप छ ।

कर्मचारीले सीसीटीभी फुटेज हेरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । थापाविरुद्ध पीडित भनिएका प्रहरी जवानले जाहेरी दिइसकेका छन् ।

यता, नानी थापाले भने भिडियो सन्देशमार्फत् आफूलाई प्रहरीले दुव्यवहार गरेको उल्लेख गरेकी छन् । प्रहरीले उनीमाथि थप्पड हानेको भिडियो सन्देशमा उल्लेख गरेकी छन् ।