रुकुम पश्चिममा बाढीले बगाउँदा ३ बालबालिकाको मृत्यु, १ जना बेपत्ता

रुकुम पश्चिममा बाढीले बगाउँदा ३ बालबालिकाको मृत्यु, १ जना बेपत्ता


ग्लोब नेपाल
243
Shares

रुकुम पश्चिम । गएरातीको अबिरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा ३ जना बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख रबी केसीले बताए । घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

त्यस्तै बाढीबाट अन्य ७ जना घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् । घटनाको पूर्ण विवरण संकलन हुँदै गरेको नगर प्रमुख केसीले बताए ।