काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेको छ । यससँगै २७ महिनापछि बिहीबार नेप्से २ हजार ४२४. ३२ को बिन्दुमा पुगेर बन्द भएको हो ।
यसअघि २०७८ सालको चैत महिनामा नेप्से परिसूचक २४ सयको बिन्दुमा थियो । यस दिन १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ ।
यसअघि बुधबार ५४.०४ अंकले वृद्धि भएको थियो भने मंगलबार ७०.१८ अंकले बढेको थियो ।
आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंक, कुमारी बैंक र रिभर फल्स पावरको सेयर मूल्य उच्च अंकले बढेको नेप्सेले जनाएको छ ।
यसैगरी कारोबार भएका १३ वटामध्ये २ वटा समूहको सूचक भने घटेका छन् । आज वित्त र हाइड्रोपावर समूहको सूचक घटेका हुन् । यसबाहेक सबै समूहको सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहको र निर्जीवन बीमा कम्पनी समूहको सूचक बढेका छन् ।
प्रतिक्रिया