त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना


ग्लोब नेपाल
486
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको उक्त जहाजमा १९ जना रहेको बताइएको छ । धावनमार्ग छोड्ना साथ बजारिएको थियो । जहाज के कति कारणले कसरी दुर्घटना भयो भन्ने कुराको विस्तृत जानकारी बाहिर आएको छैन ।

दुर्घटना भएको जहाज यति एयरलाइन्स भनिएको थियो । तर यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यति एयरलाइन्सको कुनै पनि जहाज दुर्घटना नभएको स्पष्ट पारेका छन् । दुर्घटना भएको जहाज सौर्य एयरको भएको समेत सामाजिक सञ्जालमार्फत् सूचना दिएका छन् ।