सिरहा । यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०-०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ ।
सरकारले साउन देखि चैत सम्म सवारी साधान करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरिएको हो ।
सवारी करबाट रु ३६ करोड ६४ लाख ९५ हजार ८९ रुपैया, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट रु ११ करोड १८ लाख ६८ हजार विस रुपैया तथा पटके दस्तुर र रुट परमिटबाट रु ७९ लाख ७८ हजार २२५ रुपैया राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुशेश्वर साहले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७९-०८० मा ४५ करोड ३५ लाख ७४ हजार तिनसय ९४ रुपैया राजस्व उठाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आ.व.मा ५ करोड भन्दाबढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जनाएको छ ।’
यस्तै आव २०८०-०८१ मा ५ हजार २ सय एकवटा नयाँ सवारी साधन दर्ता भएको उनले बताए ।
कार्यालय प्रमुख साहका अनुसार यो आर्थिक वर्षमा ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ । मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ । उनले थपे, ‘कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो ।’
सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरान्नवे रुपैया र प्रदेस सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरेको कार्यालयका लेृखा अधिकृत जय प्रकाश महतोले जनाएको छ ।
प्रतिक्रिया