पेरिस ओलम्पिक सुरु हुनुभन्दा केही घण्टाअघि हाई स्पीड रेलमा आगजानी

पेरिस ओलम्पिक सुरु हुनुभन्दा केही घण्टाअघि हाई स्पीड रेलमा आगजानी



पेरिस । खेलको महाकुम्भ पेरिस ओलम्पिक सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्समा हाई स्पीड रेलमा आगजानी भएको छ । विभिन्न स्थानमा भएको यो आगजनीको घटनाले माहोल खराब भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फ्रान्सका प्रधानमन्त्री ग्रेब्रिएल अटलले रेलवे लाइन खराब गर्न सुनियोजित आक्रमण भएको बताएका छन् । फ्रान्सको सरकारी रेल कम्पनी एनएससीएफले यो आक्रमणमा ८० हजार यात्रीमा असर परेको जनाएको छ । शुक्रबार पेरिस ओलम्पिक उद्घाटन हुँदै छ । प्रतियोगिता ११ अगस्टसम्म चल्ने छ ।

एसएनसीएफले दुर्भावनापूर्ण घटनामा उसका हाई स्पीड रेल नेटवर्कलाई निशाना बनाइएको बताएको छ । पेरिसको पश्चिम, उत्तर र पूर्वी क्षेत्रमा कैयौँ इन्टरसिटी हाई स्पीड रेल नेटवर्कमाथि आक्रमण भएको जनाइएको छ । गत राति पनि हाई स्पीड रेलको लाइनमा तोडफोडका घटना भएका थिए ।