पेरिस ओलम्पिकः स्वर्ण पदकमा जापानको अग्रता, अमेरिका छैठौं स्थानमा

पेरिस ओलम्पिकः स्वर्ण पदकमा जापानको अग्रता, अमेरिका छैठौं स्थानमा



काठमाडौँ । पेरिस ओलम्पिक २०२४ मा अहिलेसम्म सबैभन्दा बढी स्वर्ण जापानले जितेको छ । जारी प्रतियोगिताका विभिन्न विधाबाट जापानले ६ स्वर्ण पदक जितेको हो । २ रजत र ४ कास्य गरी जापानले कुल १२ पदक जितेको छ । जापानपछि फ्रान्सले ५ स्वर्ण, ८ रजत र ३ कास्य गरी १६ पदक हात पारेको छ ।

तेस्रोमा रहेको चीनले ५ स्वर्ण, ५ रजत र २ कास्य गरी १२ पदकमा आफ्नो नाम लेखाएको छ । अस्ट्रेलियाले पनि फ्रान्स र चीनकै बराबरीमा ५ स्वर्ण पदक जितेको छ । ४ रजत जितेपनि कास्य जित्न अस्ट्रेलिया असफल छ । ५ स्वर्ण, ३ रजत र १ कास्य गरी ९ पदक जितेको दक्षिण कोरिया पाँचौ नम्बरमा छ । छैठौं नम्बरमा रहेको अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ कास्य जितेको छ ।

अन्य देशमा बेलायतले २ स्वर्ण, ५ रजत, ३ कास्यसहित कुल १०, इटालीले २ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल ८, क्यानडाले २ स्वर्ण, १ रजत र २ कास्यसहित कुल ५ पदक जितेका छन् । २ स्वर्ण पदक जितेको हङकङले १ कास्यसहित ३ पदक जितेको छ । जर्मनीले २ स्वर्ण पद जितेको छ ।