पेरिस । इजरायल र हिजबुल्लाहबिच चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबिच फ्रान्सले आइतबार लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
“लेबनान भ्रमण गर्ने र त्यहाँ रहेका फ्रान्सेली नागरिकलाई त्यहाँको सुरक्षा अवस्थाप्रति ध्यानाकर्षित गराउन चाहन्छौँ र उनीहरुलाई तत्काल लेबनान छोड्न र आफ्नो देश फर्कन आग्रह गर्दछौँ,” लेबनानका लागि यात्रा सुचनामा फ्रान्सेली विदेश मन्त्रालयले भनेको छ ।
फ्रान्सेली विदेश मन्त्रालयले बिहीबार फ्रान्सका लागि व्यावसायिक उडानको निरन्तर उपलब्धतालाई जनाउँदै सूचनापत्र जारी गरेको थियो । फ्रान्सले अनुमानित २३ हजार नागरिक लेबनानमा बस्ने गरेको जनाएको छ र गत महिना लगभग १० हजार फ्रान्सेली नागरिकहरु लेबनान भ्रमण गरिरहेका थिए ।
स्वीडेनले पनि बेरुतमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गर्दै आफ्ना नागरिकलाई तत्काल देश छोड्न आह्वान गरेको छ । मन्त्रालयले आइतबार इरान र यसका सहयोगीहरुले हमासको राजनीतिक नेताको हत्याको लागि इजरायललाई दोष दिँदै बदला लिने धम्की दिएपछि क्षेत्रीय द्वन्द्वको डरले फ्रान्सेली नागरिकलाई तत्काल लेबनान यात्रा नगर्न आग्रह गरेको हो ।
तेहरानले पनि हमास र लेबनानसँग सम्वद्ध इरान समर्थित लडाकू समूह हेजबुल्लाहले जस्तै इस्माइल हानियाको बुधवार भएको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ ।
प्रतिक्रिया