ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प


ग्लोब नेपाल
81
Shares

काठमाडौं । पछिल्लो समय ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ । हिजो आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसको तीव्रता ४.२ म्याग्निच्युडको रहेको पनि केन्द्रले जनाएको छ । आठ दिन अघि साउन १२ गते पनि ताप्लेजुङ नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

खेन्जिम केन्द्रबिन्दु भएको सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । त्योभन्दा अघि असार २६ गते जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान १ बजेर ४६ मिनेटमा गएको सो भूकम्पको तीव्रता ४.४ म्याग्निच्युडको थियो ।