ढाका । ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार प्रधानमन्त्री शेख हसिना सैनिक हेलिकोप्टरमार्फत् भारत प्रस्थान गरेकी छन् । शेख हसिनाकी बहिनी पनि उनको साथमा रहेको बताइएको छ । शेख हसिनाका छोराले देशको सुरक्षा बललाई सम्भावित विद्रोहको प्रयासलाई सफल हुन नदिन आग्रह गरेका छन् । यसैबीच, राजधानी ढाकासहित देशभर सेना परिचालन गरिएको छ । देशैभर कर्फ्यू आदेश जारी गरिएको छ।
बंगलादेश हिंसाको आगोमा जलिरहेको छ, यसैबीच ठूलो संख्यामा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । सत्तारुढ अवामी लिगका कार्यकर्तालाई निशाना बनाउँदै प्रमुख प्रतिपक्षी बिएनपीका कार्यकर्ता ठूलो सङ्ख्यामा सडकमा उत्रिएका छन् ।
बंगलादेशका कानून मन्त्री अनिसुल हकले देशको अवस्था अशान्तिले भरिएको बताएका छन् । के भइरहेको छ मलाई थाहा छैन । सत्तारुढ अवामी लिग र प्रमुख प्रतिपक्षी दल बिएनपीका शीर्ष नेतृत्वबीच सैनिक मुख्यालयमा बैठक बस्दैछ ।
प्रतिक्रिया