काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ ।’
गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको बताइएकाे छ ।
प्रतिक्रिया