हडतालमा उत्रियो बंगलादेशी प्रहरी

हडतालमा उत्रियो बंगलादेशी प्रहरी



ढाका । बंगलादेशको प्रहरी हडतालमा उत्रिएको छ । बंगलादेशको प्रहरी कर्मचारीको संगठनले हरेक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हडतालमै बस्ने बताएको हो ।

आफूहरूलाई प्रदर्शनकारीविरुद्ध गोली चलाउन बाध्य पारिएको पनि प्रहरी संगठन बांग्लादेश पुलिस सर्विस एसोसिएशन’ (बीपीएसए)ले भनेको छ । आफूहरूले नचाही नचाही प्रदर्शनकारीहरूमाथि गोली प्रहार गरेको बीपीएसएको भनाइ छ । सर्वसाधारणसामु प्रहरीलाई भिलेन बनाएको भन्दै बीपीएसएले अहिलेको स्थितिको जिम्मेवार अधिकारीहरूलाई ठहर्‍याएको छ ।

“देशले कानुन बनाउँछ अनि हामी केबल यसलाई लागू गर्छांै । हामीले त आफ्नो वरिष्ठ अधिकारीहरूका आदेशको पालना मात्रै गरेका हौँ, चाहे त्यो आदेश कानुनी होस् या गैरकानूनी,’ बीपीएसएले आफ्नो विज्ञप्तिमा भनेको छ । सोमबार शेखÞ हसीना राजीनामा दिएपछि देशभरमा ४ सयभन्दा बढी प्रहरी थानामा हमला भएको बताइएको छ ।

बंगलादेशमा अहिले जारी विरोध प्रदर्शनमा कयौँ प्रहरी मारिएका छन् । निर्दोष विद्यार्थीविरुद्ध गरिएको कारवाहीका लागि बीपीएसएले विज्ञप्तिमा माफी पनि मागेको छ ।
एजेन्सी