स्कुल बसले ठक्कर दिँदा गोठालो र १३ वटा खसी-बाख्राको मृत्यु

स्कुल बसले ठक्कर दिँदा गोठालो र १३ वटा खसी-बाख्राको मृत्यु



बाँके । बाँकेमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । साथै बसकाे ठक्कर दिँदा १३ वटा खसी-बाख्रा समेत मरेका छन् ।

बिहीबार साँझ ५ बजेतिर बसको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको कोहलपुर नगरपालिका–१२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै गोठाला र बाख्रालाई ठक्कर दिएहाे । अन्य केही खसी बाख्रा भने घाइते छन् ।

घटनापछि आक्रोशित स्थानीयले बाटोमै शव राखेर पूर्व-पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् ।

बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।