जापानका प्रधानमन्त्री किशिदाले पार्टीको चुनावमा उम्मेदवारी नदिने

जापानका प्रधानमन्त्री किशिदाले पार्टीको चुनावमा उम्मेदवारी नदिने



काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेताको चुनावमा पुनः उम्मेदवारी नदिने निर्णय गरेका छन् ।

योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ । फुमियो किशिदाले पार्टीलाई नयाँ शुरुआत चाहिने भएकाले आफू पछि हटेको बताउनुभएको बीबीसीले जनाएको छ । उनले आउँदो महिना सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।

किशिदाको पार्टीले भ्रष्टाचार र घोटालाको आरोप झेल्दै आएपछि उहाँको समर्थन पनि घट्दै गएको छ । जापानले पछिल्लो समय बढ्दो मुद्रास्फीति, जापानी मुद्रा येनको मूल्य घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ ।