जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका ३ को मृत्यु

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका ३ को मृत्यु


ग्लोब नेपाल
108
Shares

जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् । भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएका बताइएको छ । घटनाको विवरण आउन बाँकी रहेको छ ।