काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ ।
मृत्यु हुनेमा ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष रहेको प्रहरीले जनाको छ । मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
यस्तै पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।
भेटिएका थप ४ वटा शव उनीहरूमध्येकै हुनसक्ने अनुमान प्रहरीको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता छन् । उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । पहिरोले ४ वटा घर बगाएको थियो । यस्तै एउटा पक्की पुल पनि बगाएको छ ।
प्रतिक्रिया