रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेपत्ता ३ जनामध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा सोमबार दिउँसो स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदिपकुमार सिंहले जानकारी दिए ।
पहिरोमा अझै २ जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ ।
यसैबीच सोमबार दिउँसो बसेको जिल्ला बिपत्त व्यबस्थापन समितिको बैठकले मृतक परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै रातह बितरणका लागि एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले बिस्तापितहरुको अवस्था र व्यबस्थापनका लागि अध्ययन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया