मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ

मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ



मोरङ । मोरङमा दुई जना नाबालिग मृत भेटिएको घटनामा आमा पक्राउ परेकी छन् ।

मोरङ सुन्दरहरैँचा नगरपालिका–७ मा केरा बगानभित्र गएको शनिवार एक वर्ष र तीन वर्षका नाबालिग मृत भेटिएका थिए । ती नाबालिगको आमा अस्मिता कार्की बेपत्ता भएकोमा आज बिहान झापाको बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाको स्वास्थ्य अवस्था नाजुक रहेकाले उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले शुक्रवार दुई छोरीलाई सँगै लिएर हिँडेको र छोरीहरूको शव शनिवार फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।