कोशीको लगातार दोस्रो जित

कोशीको लगातार दोस्रो जित



काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा कोशीले बागमती यूथ क्लबलाई २–१ गोलले हरायो ।

जितसँगै ६ अंक बनाएको कोशी शीर्षस्थानमा उक्लिएको छ । बागमतीको समान खेलबाट तीन अंक छ । कोशीको जितमा समीक्षा मगरले २९औँ मिनेटमा गोल गरिन् ।

कोशीले अर्को गोल ५५औँ मिनेटमा बागमतीकी कप्तान दिव्या यस्मालीमगरबाट आत्मघाती उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता भने बागमतीले लिएको थियो । बागमतीका लागि २६औँ मिनेटमा विष्णुमाया बलले गरेकाे हेडगोल सान्त्वना बन्यो ।