मिसेल बार्नियर बने फ्रान्सकाे प्रधानमन्त्री

मिसेल बार्नियर बने फ्रान्सकाे प्रधानमन्त्री



काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मिसेल बार्नियरलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । ७३ वर्षीय बार्नियर युरोपियन युनियनका प्रमुख ब्रेक्सिट वार्ताकार थिए ।

२०१६ र २०१९ को बीचमा, बर्नियरले बेलायतसँग ब्रेक्सिटमा वार्ताको नेतृत्व गरेका थिए । बर्नियर दक्षिणपन्थी रिपब्लिकन पार्टीका वरिष्ठ नेता हुन् ।

उनले फ्रान्स र युरोपेली संघ दुवैमा वरिष्ठ पदहरू सम्हालिसकेका छन् । फ्रान्समा तीन प्रमुख राजनीतिक घटकहरूको प्रभुत्व छ । तर कुनै पनि घटकको बहुमत छैन ।