बागलुङमा मोटरसाइकल र स्कुटर बगाउँदा ३ को मृत्यु

बागलुङमा मोटरसाइकल र स्कुटर बगाउँदा ३ को मृत्यु


ग्लोब नेपाल
108
Shares

बागलुङ । बागलुङ नगरपालिका- ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-५ को बान्द्रेमा गएराति आएको बाढीले स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, २० वर्षीय कमल सापकोटा बगाउँदा उनिहरुको मृत्यु भएको हो । दुई जनाको शव राती नै भेटिएको थियो । कमल सापकोटाको शव भने आज बिहान फेला परेको हो ।

प्रहरीका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।