पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो


ग्लोब नेपाल
108
Shares

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ नजिकै शनिबार बिहान साढे ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै दुई तर्फी यातायात सुञ्चालनमा आएको चितवन प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।