४३ घाइते, ८ जनाको अवस्था गम्भीर

४३ घाइते, ८ जनाको अवस्था गम्भीर


ग्लोब नेपाल
297
Shares

बारा । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् ।

गएराती १ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भइरहेको छ ।

सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर छ जना र सिटी अस्पताल निजगढ बारामा गम्भीर २ जनासहित ९ जनाको उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले जानकारी दिएका छन् । बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको बताइएको छ ।

त्यसैगरी हिजो राति भएको अर्को एक सवारी दुर्घटनामा मोटरसाइकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको उपचारका लागि बिरगन्ज लैजादै गर्दा मृत्यु भएको छ ।

निजगढ-८ पूर्व-पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहर बाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो ।

मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल बिरगंजमा उपचार भईरहेको छ ।