सीके राउतकी पत्नी शान्ति सुरक्षाको निवेदन लिएर प्रहरीमा

सीके राउतकी पत्नी शान्ति सुरक्षाको निवेदन लिएर प्रहरीमा



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् ।

डा.राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् ।