रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो

रुसले पश्चिममा देशको कृषिजन्य उत्पादनमा थप दुई वर्ष प्रतिबन्ध लगायो



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थपेका छन् । प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गरेकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०१४ मा युक्रेनको क्रिमियामा आक्रमण गरेर कब्जा गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । त्यसयता रुसले पश्चिमा देशबाट कृषि उत्पादनको आयात कम गर्दै अन्तिममा प्रतिबन्ध नै लगाएको थियो । प्रतिबन्धका कारण देशको कृषि उत्पादन बढिरहेको भन्दै पुटिनले आयात प्रतिबन्धको प्रशंसा गरेका छन् ।