काठमाडौं । नेप्सेमा परिसूचक ५९.०२ अंकले घटेको छ । सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ ।
आज एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
नेपाल धितोपत्र बोर्ड (नेप्से)का अनुसार सोमबार कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ ।
प्रतिक्रिया