दुर्गा प्रसाईं वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबार वृत्तमा राखिने

दुर्गा प्रसाईं वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबार वृत्तमा राखिने


ग्लोब नेपाल
459
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन । प्रसाईंलाई ६ असोजमा प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो ।

उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पताल पुर्याइएको थियो । आज मंगलबार अस्पतालले प्रसाईंलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिएका छन ।

विद्युतीय अपराधसम्बन्धी कसुरमा उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ । ब्यूरोका ती अधिकृत भन्छन्, ‘उहाँलाई अब अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राख्छौँ ।’