६७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ

६७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ


ग्लोब नेपाल
81
Shares

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १५ रातोमाटेबाट प्रहरीले ६७ लाख बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ का सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

विशेष सूचनाको आधारमा विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा सर्राफको साथबाट ४ सय ९० ग्राम ८८० मिलिग्रामका बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बिस्कुटको सानो १ टुक्रा र सिक्री १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बरामद सुनको बजार मूल्य ६७ लाख ३४ हजार ५ सय ४४ नेपाली रुपैयाँ रहेको छ । पक्राउ परेका सर्राफमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।