नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने

नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने



काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने भएको छ । सन् २०२५ अर्थात् आउँदो जनवरीमा पृथ्वी नजिकै भएर यात्रा गर्नेे पीटी–५ नामक छुद्र ग्रहको अनुगमन अर्थात् ‘ट्र्याक’ गर्न लागिएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नासाले आफ्नो गोल्डस्टोन सौर्यमण्डलको राडार प्रयोग गरेर क्षुद्र ग्रहलाई नजिकबाट ट्र्याक गर्ने योजना बनाएको छ । यो छुद्र ग्रह पृथ्वीका लागि खतरा भने होइन । पृथ्वी र चन्द्रमाको दूरीभन्दा पाँच गुणा टाढाबाट यसले यात्रा गर्ने खबरमा उल्लेख छ ।

पीटी–५ छुद्र ग्रह लगभग १० मिटर चौडाइको रहेको अनुमान छ । गएको अगस्टमा पहिलो पटक वैज्ञानिकले पीटी–५ पत्ता लगाएका थिए । नासाका वैज्ञानिकहरूले यो वस्तु धेरै पहिले अर्को एउटा छुद्र ग्रह चन्द्रमाको सतहमा ठोक्किएपछि त्यहाँबाट निस्केको चट्टानको टुक्रा हुन सक्ने आशङ्का गरेका छन् ।