हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय पक्राउ

हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय पक्राउ


ग्लोब नेपाल
216
Shares

हेटौंडा । प्रहरीले मकवानपुरको हेटौंडाबाट ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट शनिबार बिहान ३ बजेतिर उनीहरु सुनसहित पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा पथलैयाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटर रोकेर जाँच गर्दा सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

बरामद सुनको बजार मूल्य ११ करोड ४३ लाख ५८ रूपैयाँ रहेको बताइएको छ ।