मुग्लिन–नारायणगढ खण्डमा गुडिरहेको बस र माइक्रो बसमा ढुंगा खस्यो

मुग्लिन–नारायणगढ खण्डमा गुडिरहेको बस र माइक्रो बसमा ढुंगा खस्यो


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गुडिरहेको गाडीमा ढुंगा झरेर लागेको छ । ढुंगा लागेर दुईवटा गाडीमा सवार ५ जना घाइते भएका छन् ।

काठमाडौंबाट बर्दिया जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौं बाटै नारायणगढ जाँदै गरेको बा.प्र.६–००१ज०२३६ नम्बरको माइक्रोबसमा माथिबाट ढुंगा खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

यादवका अनुसार घाइते हुनेमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे छन् । यस्तै मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।