सेनाको श्री बरख गणद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

सेनाको श्री बरख गणद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


ग्लोब नेपाल
0
Shares

सप्तरी । नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सिमावर्ती बलानबिहुल गाँउपालिका निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरि सर्वसाधारणहरुलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

गत साताको अविरल बर्षाको कारण उक्त पालिकाका केही स्थानहरु समेत डुवान तथा कटानबाट प्रभावित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरंग सेवा, दंन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिए । पाण्डेले आफ्नो निजि पहलमा नजिक आंखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामिहरुलाई निःशुल्क चस्मा वितरण गरेका थिए ।

स्वास्थ्य शिविरमा उक्त गणका अतिरिक्त राजविराज स्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाँउपालिकाको स्वास्थ्य शाखाका मेडिकल जनशक्तिहरुले करिव पाँच सय जनालाई सेवा दिएको थियो ।