नेपाल वायुसेवा निगमको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

नेपाल वायुसेवा निगमको काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जानकारी दिएको छ । आज बिहान सबै टिकट बिक्री भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।

काठमाडौं-भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा-काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिएका छन् । नेपाल वायुसेवा निगमले फूलपातीको दिन १५८ सिटे न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडन गर्ने तयारी गरेको छ ।

माग उच्च भए पनि नेपाल वायुसेवा निगमले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेपाल वायुसेवा निगमका अधिकृतहरुले जानकारी दिएका छन ।