श्रीमतिको हत्यापछि टाउको बोकेर हिड्दै गरेका घिसिङ पक्राउ

श्रीमतिको हत्यापछि टाउको बोकेर हिड्दै गरेका घिसिङ पक्राउ


ग्लोब नेपाल
621
Shares

काठमाडौं । उदयपुरमा श्रीमतिको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ ।

हिजो मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमिला लामाको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले जानकारी दिएका छन् ।

छिमेकी देश भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रमिला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् ।

उनीहरूका दुईजना बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमिलाले चियाको व्यापार गर्दै आएकी थिइन् । चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन् ।

दम्पतीको बीचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध नरहेको पनि खुलेको छ । सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बिचमा विवादपछि हत्या भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको एसपी योगीले जानकारी दिएका छन् । साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।