ओखलढुंगा जाँदै गरेको बस दोलखामा दुर्घटना

ओखलढुंगा जाँदै गरेको बस दोलखामा दुर्घटना



काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको यात्रुवाहक बस लामोसाँघु- जिरी सडक खण्ड अन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-८ बोचमा दुर्घटना हुँदा १५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

प्रदेश ३-०१-००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर दोलखाको चरिकोट लगिएको छ । घाइतेहरुको चरिकोटका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।