काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिप: उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्दै

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिप: उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको उपाधिका लागि नेपालले उज्वेकिस्तानलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

नेपाल समूह चरणको खेलमा लिगको दोस्रो स्थानमा रहदै फाइनल प्रवेश गरेको हो । तुर्किमिनिस्तानसँग समान अंक भएपनि जित अन्तरका आधारमा नेपाल फाइनल प्रवेश गरेको हो । उज्वेकिस्तान सतप्रतिशत जित सहित फाइनल प्रवेश गरेको हो । उसले समूह चरणका सबै ५ खेलमा जित निकालेको छ ।

फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे हुनेछ । समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्किमिनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो । श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।