लेबनानी तटमा ड्रोन झारिदियौं : जर्मनी

लेबनानी तटमा ड्रोन झारिदियौं : जर्मनी



काठमाडौं । जर्मन युद्धपोतले लेबनानको तटमा एक मानवरहित उड्ने वस्तुलाई खसालिदिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, संयुक्त राष्ट्र संघको मिसनमा कार्यरत जर्मन युद्धपोतले उक्त ड्रोनलाई हावामै उडाइदिएको जर्मन रक्षा मन्त्रालयका प्रवक्ताले बताएका हुन् ।

पश्चिम एसियामा यतिबेला इजरायलले लेबनानमाथि हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहलाई जवाफ दिएको दाबी गर्ने इजरायली आक्रमणबाट पछिल्लो समय संयुक्त राष्ट्र संघको मिसनमा गएका सेनासमेत प्रभावित भएको खबर आइरहेको छ ।