एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, उडानको तयारी

एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, उडानको तयारी


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको छ । आज (सोमबार) काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छिमेकी देश भरतको नयाँ दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच सुरु गरीएको थियो ।

तर विमान चेकजाँचको क्रममा विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् । उनले भनिन्, ‘अब जहाजले नियमित उडान गर्दैछ ।’ सोमबार अपराह्न २ः ४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।