काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ । सूचना आयुक्तहरूमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्वसदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको छ ।
आचार्य यसअघि नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक थिए । उक्त पदबाट आचार्यले कार्तिक ११ गते राजीनामा दिएका छन् ।
सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको हिजो सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिए । यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो ।
आचार्यले ग्लोब नेपालका प्रधानसम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रतिक्रिया