काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका थिए । आइतबार सो रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षी नेपाल क्रिकेट संघ (क्यान)लाई आगामी पेसीमा छलफलका लागि भने बोलाएको छ ।
यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।
विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर छ ।
प्रतिक्रिया