कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु


ग्लोब नेपाल
594
Shares

काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ६ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन् । ‘६ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको छ’, उनले भनिन् ।

आइतबार पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।