काठमाडौं । महानायक राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो ।
महानायक हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको भन्दै टिम व्यवस्थपनलाई धन्यवाद दिए । उनले रोहित पाैडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए ।
सम्झाैताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झाैताको रकम भने खुलाइएको छैन ।
प्रतिक्रिया