इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार राति आतंकवाद विरोधी कारबाहीका क्रममा भएको गोलीबारीमा कम्तीमा नौ आतङ्ककारी र आठ सुरक्षाकर्मीको मृत्यु भएको छ । स्रोतका अनुसार यो कारबाही खैबर जिल्लाको तिराह मैदान उपत्यकामा लस्कर–ए–इस्लाम आतंकवादी सङ्गठनको महत्त्वपूर्ण लक्ष्यलाई लक्षित गरी गरिएको थियो ।
यस कारबाहीमा लस्कर–ए–इस्लामका दुई प्रमुख कमान्डर पनि मारिएका छन् । कारबाहीमा सात सुरक्षाकर्मी र छ आतंककारी घाइते भएका छन् ।
केही घण्टासम्म चलेको कारबाहीका क्रममा जिल्लाका विभिन्न तीन स्थानमा सेना परिचालन गरिएको थियो । स्थानीय श्रोतले भने वरपरका केही मानिसहरू घाइते भएको पनि बताएका छन् ।
प्रतिक्रिया