काठमाडौं । एनसेल पहिलाे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे ‘पावर्ड बाई’ प्रायाेजकका रूपमा आबद्ध भएकाे छ ।
एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । यसका लागि गएकाे हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । याे सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङमार्फत एनपीएलका खेलहरू जहाँ भए पनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभरि ग्राहकका लागि विभिन्न योजनाहरू पनि ल्याउनेछ ।
क्यानको आयोजनामा आठ वटा टाेली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।
प्रतिक्रिया