अब मोवाइल टावरहरू नचाहिने हो त ?

अब मोवाइल टावरहरू नचाहिने हो त ?

मस्कको स्टारलिंकले गर्दैछ यस्ताे चमत्कार



काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ । एलोन मस्कको स्टारलिंकले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायब हुँदैछन् जस्तो देखिन्छ ।

वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ । यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित नेटवर्क कभरेज नभएका क्षेत्रमा पनि कनेक्टिभिटी ल्याउने लक्ष्य राखेको छ ।

स्टारलिंकले आफ्नो स्याटेलाइट नेटवर्कलाई द्रुत गतिमा बलियो बनाउँदैछ । टवेकटाउनको एक रिपोर्ट अनुसार प्रयोगकर्ताहरूले हाल स्याटेलाइट नेटवर्कहरूबाट २५० देखी ३५० एमबीपीएस सम्मको गति प्राप्त गरिरहेका छन्, जुन धेरै फाइबर इन्टरनेट भन्दा छिटो छ ।

उदाहरणको लागी दक्षिण अष्ट्रेलियामा फाइबर नेटवर्क को गति ५० देखी ६० एमबिपीएस छ । यति मात्र होइन, स्टारलिंकले धेरै ठूला टेलिकम कम्पनीहरूसँग साझेदारी गरिरहेको पनि पुष्टि गरेको छ । यो घोषणा एलोन मस्कद्वारा पनि साझा गरिएको छ ।

यो प्रविधिलाई गेम चेन्जर मानिन्छ किनभने यसले नियमित सेल टावरहरू बिना नै स्याटेलाइट र स्मार्टफोनबीच सीधा जडान गर्न सक्छ । यस प्रविधिको सहयोगमा ग्रामीण तथा पहाडी क्षेत्रमा समेत उत्कृष्ट कनेक्टिभिटी पाउनेछ । यसलाई सन् २०२५ सम्ममा टेक्स्टिङ, कलिङ र डाटा सेवाका लागि थप सुधार गर्ने योजना छ ।

स्पेसएक्सको यो प्रणालीले मोबाइल नेटवर्क र स्याटेलाइट टेक्नोलोजीलाई संयोजन गर्दछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई कुनै विशेष हार्डवेयर वा एपको आवश्यकता पर्दैन ।

डायरेक्ट–टू– सेल प्रविधिले नेटवर्क पुग्न नसक्ने क्षेत्रहरूमा कभरेज प्रदान गर्नेछ । यो प्रविधिले लाखौं आइवोटी यन्त्रहरू जडान गरेर औद्योगिक र विश्वव्यापी सञ्चालन सुधार गर्नेछ । यति मात्र होइन, यो प्रविधिले आपतकालीन अवस्थामा ग्रामीण क्षेत्र वा नेटवर्क नभएको क्षेत्रमा यात्रा गर्दा प्रयोगकर्तालाई राम्रो कनेक्टिभिटी दिनेछ ।