२३ मंसिरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

२३ मंसिरमा मधेश प्रदेशमा सार्वजनिक बिदा



बारा । मधेश प्रदेश सरकारले २३ मंसिरमा सार्वजनिक बिदा दिएको छ ।

बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा प्रदेश सरकारले २३ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने दिन २३ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।

प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिइएको मुख्यमन्त्री सिंहले बताए ।