बेइजिङबाट नेपाल उडे प्रधानमन्त्री ओली

बेइजिङबाट नेपाल उडे प्रधानमन्त्री ओली


ग्लोब नेपाल
378
Shares

बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन्।

प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ । ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शिष्टाचार र प्रधानमन्त्री ली खछ्याङसँग द्वपक्षीय भेटवार्ता गरेका थिए ।

भेटमा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा खेलकुद रंगशाला र काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेका थिए ।

भ्रमणको उपलब्धीमा ती दुई योजना पनि समावेश भएपछि नेपालमा त्यसलाई लिएर विभिन्न टिकाटिप्पणी भएका छन् । ८७ सदस्यीय जम्बो टोलीले नतृत्व गर्दै ओली सोमबार चीन गएका थिए । गत असार अन्तिम साता प्रधानमन्त्री भएका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।