रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सको पहिलो जित

रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सको पहिलो जित



काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हरायो ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार जितका लागि एक सय ६८ रनको रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।

चितवनका लागि लक बेनकेस्टिनले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान कुशल मल्लले २०, रिजन ढकालले अविजित १५, रवि बोपराले १२ र ओपनर सन्तोष कार्कीले १० रन बनाए ।

बलिङमा लुम्बिनीका कप्तान रोहितले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर उक्त विकेट लिएका हुन् । रामोन सिमोन्डले दुई तथा साद विन जाफर र अविशेष गौतमले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र साद विन जाफरले शतकीय इनिङ्स खेले । रोहितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

साद विन जाफरले अविजित ५२ रन बनाए । उनले ३५ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए । यतै ओपनर अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए ।

बलिङमा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए । पहिलो जितसँगै लुम्बिनीले पाँच खेलबाट दुई अङ्क बनाएको छ । लुम्बिनीलाई प्लेअफमा स्थान बनाउन अबका खेल जित्नुपर्ने बाध्यतासँगै अरुको नतिजाले पनि भर पर्नेछ ।

यस्तै पाँच खेलमा दोस्रो हार खेपेको चितवन ६ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुर बोल्ट्सको चार खेलबाट आठ अङ्क छ ।

आज नै अर्को खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ ।